
खोटाङ, मंसिर ३ गते ।
खोटाङको खोटेहाङमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । खोटेहाङ गाउँपालिका–७ रातामाटाका हिमाल राईको छोरा ३ बर्षीय साहिल राईको मृत्यु भएको हो ।
घर नजिकै रहेको सावाखोलामा खोल्ने क्रममा सोमवार दिउँसो साँढे ४ बजे खोलामा डुबेर बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
शव परिक्षणको लागि प्राथामिक स्वास्थ्य केन्द्र चिसापानी पठाएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
