
पूर्णपुष्टि, असोज १६
बाजुराको हिमाली गाउँपालिका–५ को कवाडी खोलामा बगेर एकै परिवारका पाँच जना बेपत्ता भएका छन् ।
३० वर्षीया सत्ता नेपाली र उहाँका छोरीहरु ५ वर्षीया आरती, ४ वर्षीया सन्तोषी र १ वर्षीया छोरी किस्मती तथा २ वर्षीय छोरा सम्मान नेपाली बेपत्ता भएको प्रहरीले जनाएको छ ।
खोलामा नुहाउन गएका बेला खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बेपत्ता भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

