Thursday, May 7News That Matters

खोलाले बगाएर १ जनाको मृत्यु

खोटाङ, असोज ११ गते ।

खोटाङको दुक्चेङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका–६ मौवाबोटे निबासी ५६ वर्षीय दलबहादुर विकको मृत्यु भएको हो ।

दिउँसो २ बजे स्थानिय खोला दुक्चेङ खोलाले विकलाई बगाई रुखमा अल्झिएर मृत्यु भएको अवस्थामा स्थानयले फेला पारेपछि प्रहरीलाई जानकारी गराएको छ ।

घटनाको जानकारी पाउनासाथ प्रहरी घटना स्थल पुगी घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।