
संखुवासभा, भदौ ३१ गते ।
संखुवासभाको मकालुमा खोलाले बगाएर एक जना बेपत्ता भएको छ । मकालु गाउँपालिका–६ निबासी २६ वर्षीय शुकमाया राईलाई पोखुवा खोलो बगाएर बेपत्ता भएको हो ।
सोमबार दिउँसो ४ बजे राईसहित चार जना आफन्तको घर गई फर्कने क्रममा सिलिचोङ गाउँपलिका– र मकालु गाउँपालिका–६ सिमानामा पर्ने खोलाले बगाएर राईलाई बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।
खोला तर्ने क्रममा एक्कासी आएको भेलले राईलाई बगाई बेपत्ता बनाएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटना स्थल पुगी खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
