
सुत्नु अघि सामान्यतया धुम’पान नगर्ने । सुत्ने बेलामा धुम्रपान गर्ने बानी छ भने आजैदेखि छोड्नुस् । यसले तपाईंलाई निद्रा नलाग्ने सम’स्या हुन सक्छ ।
सुत्ने समयमा र’क्सी पिउने बानी छ भने पनि छाडिदिनुहोस् । यसले तपाइँको निद्रा ख’राव हुन्छ र विहान पनि ह्याङओभरको समस्या हुन्छ ।
सुत्नु अघि चिया कफी पनि पिउनु हुँदैन । यसले अनिद्राको समस्या ल्याउन सक्छ । अनिन्द्राको कारण हाम्रो चिया कफीमा पाइने क्याफिन पनि हो ।
गुलियो खाएर सुत्ने बानी छ भने त्यो पनि राम्रो होइन । सुत्ने बेलामा चिनी हालेको खाद्य पदार्थ सके सम्म नखाएकै राम्रो ।
सुत्न जानु अघि मसलेदार खाना पनि नखाएको राम्रो हुन्छ । यसले तपाइँको निद्रा विथोलिदिन्छ ।
सुत्नु अघि तरल पदा’र्थको से’वन पनि नराम्रो मानिन्छ । यसले तपाइँलाई बारम्बार बाथरुम जानु पर्छ र निद्रा वि’थो’लिन्छ ।
विहान ढिलो उठ्नु छ भन्दैमा राति सम्म टिभी हेरेर बस्ने बानी पनि ख’राव छ । यसले स्वास्थ्य र निद्रा दुवैमा प्रतिकुल असर गर्छ ।
राति सुत्नु अघि अफिसको काम बारे नसोंच्नुस् । यसो गर्दा तनावले निद्रा नलाग्ने सम’स्या हुन सक्छ ।-एजेन्सीको सहयोगमा
