Friday, May 22News That Matters

गणतन्त्र दिवस १३ औँ बर्षमा

पूणर्पुष्टि, जेष्ठ, १५

आज गणतन्त्र दिवस, राजतन्त्र लाई हटाएर जनताको शासनलाई प्राथामिकता दिन यो दिन निकै ऐतिहाँसिक र महत्वपूणर् दिनको रुपमा स्थापित भयो । जेष्ठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिन नेपालको राजनीतिक इतिहासको एक अविस्मरणीय दिन हो । यही दिन जनता र राजाबीचको लडाइँमा अन्ततः जित जनताकै हुन्छ भन्ने यथार्थले मूर्तरूप लिएको थियो ।

आज गणतन्त्र दिवस मनाइरहँदा जनताहरुले गणतन्त्रको फाइदा र यसको अनुभुति गर्न नपाइराखेको गुणसोहरु प्रसस्तै हामिले सुन्ने गर्छौँ । गणतन्त्र पछि पनि जनताहरु उत्तिकै समस्यामा परेको र यसको बदलामा जनताहरुले झनै दुख कष्ट, हत्या हिंसा, हेपाइ, जस्तो क्रियाकलापले जनताहरु अझै पनि गणतन्त्रको अनुभुति गर्न सकेन । सक्यो होला त्यो पावर पहुँचमा हुनेहरुले तर गरिब निमुखाहरुले यसको कुनै फाइदा लिन सकेन ।

विगतको राणा शासन, राजा शासण बाट वाक्क भएका जनताहरु जनताको शासन भनेपछि एक जुट भई गणतन्त्रको लागि लडेर आज यो दिनको स्थापना गर्यो । तर पनि उनिहरुले गणतन्त्रमा पनि अन्यायकै अनुभुति लिनु पर्यो । अझै पनि यस्ता धेरै घटनाहरु नेपालमा छ, जस्ले गणतन्त्रको कुनै अनुभुति गर्न पाएन, दिन प्रतिदिन हत्या हिंसा, बलत्कार, जातिय विभेद् जस्ता क्रुर कार्यहरु समाजमा प्रसस्त छ त्यो पिडितहरुले गणतन्त्रको महसुस गर्न सकेन किनकी यहाँ फेरी सत्ता शासन र पावरकै भरमा गणतन्त्रको नाम र नारा गन्किदै आएको छ ।

गणतन्त्र १३ औँ बर्षमा पुगेको छ । कोरोना भाइरसका कारण सँधै जसो यो पटक विभिन्न कार्यक्रम गरी मनाउन नसकिएता पनि घरमै रहेर एक आपसमा सामाजिक संञ्जाल तथा संञ्चार माध्यमहरुबाट शुभकामना आदान प्रदान गरी यसलाई मनाउने भएको छ ।