Friday, May 22News That Matters

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, साउन ३१

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ६ जिल्लामा थप १० जना कोरोना संक्रमण पुष्टि भएको हो ।

कास्कीमा ३ जना, तनहुँ र बाग्लुङमा २/२ जना तथा गोरखा, स्याङ्जा र पूर्वी नवलपरासीमा १/१ जना कोरोना संक्रमित फेला परेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाईएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ६ सय ९२ पुगेको छ ।

तनहुँको भानु नगरपालिका–२ र ४ मा एक/एक जना पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै कास्कीको पोखरा महानगरपालिका– ५ मा एक जना र ८ नम्बर वडामा दुई जनामा संक्रमण पुष्टि भएको छ । ८ नम्बर वडामा संक्रमण पुष्टि हुनेमा एक जना महिला हुन् ।

त्यस्तै बागलुङको बागलुङ नगरपालिका–३ मा १ जना र बडिगाड गाउँपालिका–६ मा १ जना गरी दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखाको गोरखा नगरवपालिकाका ४७ वर्षीया एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै स्याङजाको पुतलीबजार नगरपालिका– १३ मा ३० वर्षीय पुरुष र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–८ मा ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।