
पूर्णपुष्टि, साउन ३०
गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँको भानु नगरपालिका–१ का १४ पुरुष र ६ महिला गरी २० जनामा र स्याङ्जाको पुतलीबजार नगरपालिकाका एक जना पुरुष गरी थप २१ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय ८१ पुगेको छ ।

