Sunday, June 28News That Matters

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार ३ गते ।

गण्डकी प्रदेशमा थप २१ ज्नामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी पूर्वका १८ र पर्वतका ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय ४७ पुगेको छ ।

नयाँ पुष्टि भएका २१ जना सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरू रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नवलपरासीको हप्सेकोट गाउँपालिकाका १९, १९, २३, २०, २४, ३५, ३६, १८, २०, १८, २०, २४, २१, १८ वर्षका पुरुष, मध्यविन्दु नगरपालिकाका १६ र ३० वर्षका पुरुष, स्थानीय तह नखुलेका २७ वर्षका पुरुष र कावासोती नगरपालिकाका ३७ वर्षका पुरुष रहेका छन् । यीमध्ये कावासोतीका ३७ वर्षीय पुरुषको स्वाब भरतपुर अस्पतालमा परीक्षण गरिएकोमा मङ्गलबार कोरोना पुष्टि भएको रिपोर्ट प्राप्त भएको थियो ।

त्यस्तै, पर्वतको फलेवास नगरपालिकाका १९ र २१ वर्षीय पुरुष र ४६ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

अहिलेसम्म नवलपरासी पूर्वमा ६६, स्याङ्जामा ६४ जना, बागलुङमा ४१ जना, पर्वतमा २९ जना, गोरखामा २५ जना, तनहुँमा ११ जना, कास्कीमा ७ जना, म्याग्दीमा ३ जना र लमजुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उक्त संक्रमित मध्ये २२ जना उपचारपछि निको भएर घर फर्किसकेको छ भने एक जनाको मृत्यु भएको छ ।