
पूर्णपुष्टि, असार १०
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या ७ सय २९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्याङ्जाका ७ जना, गोरखाका १ जना, नवलपरासी सुस्तापूर्वमा ३ जना, लमजुङका ५ जना, पर्वका १ जना, कास्कीका ५ जना, बाग्लुङका १ जना र तनहुँका १ जना थपिएका निर्देशनालयले जनाएको छ ।
उक्त संक्रमित मध्ये ७० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ ।
