Saturday, May 16News That Matters

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, जेठ २५ गते ।

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा थप ३८ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ थपएिकाहरुमा स्याङ्जाको वालिङ नगरपालिका २९,४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षका पुरुष रहेका छन् भने भीरकोट नगरपालिकाका ४५ वर्षका पुरुष रहेका छन् । उनीहरु पालिकाकै क्वरेन्टीनमा बस्दै आएका छन् ।

यसैगरी बाग्लुङका बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २१, २९, १६ र १ जना उमेर नखुलेका पुरुष रहेका छन् भने ढोरपाटन नगरपालिकाका १ जना २६ वर्षका पुरुष रहेका छन् ।

त्यस्तै गोरखाको गण्डकी नगरपालिकाका संक्रमितहरुमा २५, ३२, २०, ४३, ३०, २०, २१, २१ र २३ वर्षका पुरुष रहेका छन् । त्यस्तै पालुङटारका १७ वर्षका पुरुष रहेका छन् ।

त्यस्तै नवलपरासी सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकाका २०, ३०, ३५ र ४५ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको जाईएको छ । यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ सय १३ पुगेको छ भने ३ जना उपचारपछि निको भएका छन् ।