पूर्णपुष्टि, मंसिर १९
कतारमा जारी विश्वकपमा एम्बाप्पे गोल्डेन बुटका दावेदरको रुपमा देखिएको छ । उनले सबै भन्दा बढी गोल गर्दै गोल्डेन बुटको दावेदारमा अग्रता बढाएको हो । बुटका लागि उनले हाल सम्म ५ गोल गर्दै दावेदारलाई थप मजवुद बनाएको हो । अन्तिम १६ अन्तर्गत आइतबार पोल्याण्ड विरुद्ध दुई गोल गर्दै एमबाप्पेले यस विश्वकपमा गोल संख्या ५ पुर्याएका छन् । दुई असिस्ट समेत गरेका उनी गोल्डेन बुटका लागि दाबेदार देखिएका छन् ।
एमबाप्पेको दुई र ओलिभर जिरुडको एक गोल मद्दतमा पोल्याण्डलाई ३–१ ले हराएर फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
फ्रान्सले कम्तीमा पनि अझै एक खेल खेल्ने पक्का छ । त्यसमा पनि गोल गरेमा एमबाप्पेले गोल संख्या अझ बढाउनेछन् । फ्रान्सका युवा सुपर स्टार किलिएन एमबाप्पे कतारमा जारी फिफा विश्वकप २०२२ को सर्वाधिक गोलकर्ताको होडमा अगाडि देखिएको हो ।
समूह चरणमा अष्ट्रेलिया विरुद्ध एक गोल गरेका एमबाप्पेले डेनमार्क विरुद्ध दुई गोल गरेका थिए भने ट्युनिसिया विरुद्ध गोल गर्न सकेनन् ।
जारी विश्वकपमा एमबापेपछि धेरै गोल गर्नेमा लिओनल मेसी, अल्भारो मोराटा, मार्कुस रासफोर्ड र कोडी गाक्पो छन् । सबैले समान ३–३ गोल गरेका छन् । मेसी र मोराटाले समान एक असिस्ट पनि गरेका छन् । इंग्ल्याण्डका बुकाया साकाले पनि ३ गोल गरेका छन् । ३ गोल नै गरेका इक्वेडरका इनर भ्यालेन्सिया विश्वकपबाट बाहिरिसकेका छन् ।
