
पूर्णपुष्टि, फागुन २०
सर्लाहीबाट आठ किलो लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा लालबन्दी नगरपालिका–१३ पानी टयाङ्कीस्थित लखनदेही खोला नजिकबाट उनीहरुलाई गाँजासहित पक्राउ गरेको हो ।
गाँजासहित महोत्तरीको पिपरा गाउँपालिका–३ का २८ वर्षीय रामआश्रे यादव र १९ वर्षीय चन्दन महतो पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रदेश २–०२–००१ प ९८८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुमध्ये रामआश्रेले बोकेको झोलाबाट ५ किलो र चन्दनले बोकेको झोलाबाट ३ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुमाथी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
