
पूर्णपुष्टि, चैत २२ ।
साँझपख गाइघाट बजारमा अत्यावश्यक काम भन्दा बढिजसाे अनावश्यक र रिमतेढंगले मानिसकाे चलहपहल बढेकाे पाइएपछि सुरक्षाकर्मीले अन्य दिनकाे भन्दा बढि कडाइ गरेकाे छ ।
लकडाउनकाे १२ अाै दिन अाज शनिबार जिल्ला सदरमुकाममा सुरक्षाकमीले कडाइ गरेकाे हाे । सकेसम्म बजारका चाैकहरूमा अावतजावत सुन्य हाेस् भन्ने हेतुले सुरक्षााकर्मीहरू तैनाथ रहे । परैबाट सर्बसाधारणलाइ नअाउन संकेत गर्दै फर्काए । खाद्यन्न भन्दै पाँचकेजी चामल बाेक्ने, दुध भन्दै एकलिटर बाेक्ने साइकल, माेटरसाइकल र हस्पिटल, मेडिकलकाे नाम लिदै नजिकै पनि माेटरसाइकल चलाउनेहरूकाे हावा खाेली दिने, चावी नियन्त्रण लिने काम गरेका छन् ।
खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरूले ठुलाे मात्रामा दुध बाेकेका, खाद्यन्न दुवानी गरेका सवारीलाइ भने चल्न दिएका थिए । उनीहरूले बजारमा भिडभाड हुने गरी राखिएका तरकारी तथा अन्य पसलहरू पनि हटाएका थिए ।
प्रहरीलाइ माथिल्लाे तहबाटै थप कडाइकाे अादेश अाएकाे एक सुरक्षा अधिकारीले बताए । अहिलेकाे अवस्थामा सुरक्षाकर्मीकाे कडाइलाइ सकारात्मकरूपमा लिइएकाे छ । कतिपय अवस्थामा केही सुरक्षााकर्मीहरूले सर्बसाधारणकाे वास्तविक समस्या नबुझी फर्काउने गरेकाे सबर्साधारणकाे गुनासाे पनि छ । तर, सकेसम्म वास्तविक समस्या वा अावश्यकताले निस्किएका सर्बसाधारणलाइ अवराेध नगरिने सुरक्षा अधिकारीहरूकाे भनाइ छ ।
