Thursday, May 28News That Matters

गाइघाट साँच्चिकै लकडाउन भाे

पूर्णपुष्टि, चैत ११ ।
गाईघाट अब चाहिँ साच्चीकै लकडाउन भएकाे छ । प्रशासनले प्रहरी परिचालन गरि कडाइ गरेपछि मानबीय चहलपहल बन्द भएकाे हाे । सवारी साधनकाे चहलपहल बन्द भएका छन् ।
बिहान मानिसकाे निकैचहल पहल थियाे । साना सवारी साधनहरु केहिमात्रामा चलेका थिए । चाेक र सडकमा सवारीसाधनहरु राेकेर ट्राफिक प्रहरीले सवारी चालकहरुलाई नचलाउन सम्झाएका थिए । काेराेना भाइरस संक्रमणकाे उच्च सतर्कता अपनाउनका लागि सवारी साधन नचलाउन, बाहिर नहिड्न भन्दै सम्झाएकाे सुरक्षाकर्मीहरुले अटेर गरे कारवाहिकाे चेतावनी दिए । ट्राफिकहरुले अटेर गरि चलाएका सवारी साधनहरु नियन्त्रनमा लिने र चालकलाइ कारवाहि गर्ने चेतावनी दिएका छन् ।
सदरमुकाम गाईघाटदेखि दिक्तेलतर्फ जाने बसस्टेण्ड पिपलचाैक, मुख्यचाैक, टेम्पाेचाैक र बसपार्कमा ट्राफिकसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बसेर कडाई गरेका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी बिरबहादुर बुढामगरले सुरुमा सम्झाउने काम गरेपछि प्रहरीले कडाइ गरेकाे छ । कडाइपछि बजार क्षेत्रमा चहलपहल बन्द रहेकाे छ । प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडी र एसपी मगरले केही समय अगाडि बजार अनुगमन गरेका थिए ।
अनुगमनसंगै फिल्डका खटिएका सुरक्षाकर्मीहरुलाई कडाई गर्न निर्देशन दिएका थिए ।