पूर्णपुष्टि, पुष २० । गाईघाटमा प्रहरीले ५ महिला र २ पुरुष गरी ७ जनालाई होटलबाट पक्राउ गरेको छ । उनिहरुले त्यस होटलमा अनैतिक कार्य गरिरहेको भन्ने आरोपमा पक्राउ गरिएको जनाईएको छ । त्रियुगा नगरपालिका १२ सनि मन्दीर जानेबाटो सुनगाभा टोल जोगेन्द्र गुप्ताको घरमा भाडा गरी होटल संञ्चालन गर्दै आएका साउनी सहित अन्य व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले एक्कासी छापा मार्दा ७ जनालाई पक्राउ गरेको छ भने केहि व्यक्तिहरु फरार रहेको स्थानीयहरुले जनाईएका छ । स्थानीयहरुका अनुसार लामो समयदेखी त्यहाँ बाहिरका मान्छेहरु समेतको आउजाउ ब्यापक हुने र बिभिन्न क्रियाकलाप हुने जनाए । उनिहरुले यो कार्यप्रति आफुहरु निकै हैरान भएको समेत जनाए । कोको पक्राउ परे भन्ने बारे पुरा जानकारी आउन बाँकी रहेको छ । होटलको नाम नै नरहेको र पहिचान हुने कुनै पनि बोर्डहरु नराखिएको उक्त होटलमा स्थानीयहरुले पहिले बाटै अनैतिक क्रियाकलाप गर्ने बारे हल्लाहरु भने चलाईरहेका थिए । स्थानीयहरुले त्यो होटलको पहिलै बाट विरोध गर्दै आएका थिए । स्थानीयहरुका अनुसार त्यस होटलका साउनीहरु बोलाईनसक्नुको रहेको जनाए । बोल्दा पनि सन्कीने हुँदा बोलाउनै डरमर्दो रहेको जनाएको छन् । त्यस टोल सँगै छिमेकी टोलहरुले पनि त्यहाँ बाट होटल हटेर बाहिर जानु पर्ने जनाएको छ । आफ्नो गाउँलाई त्यस्ता क्रियाकलापका होटलले पहिले देखीनै बदनामी बनाईरहेको छिमेकी टोलहरुले समेत बताएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले यसबारे ब्यापक अनुसन्धान भैरहेको जनाए । प्रहरीलाई अनैतिक कार्य भैरहेको भन्ने खबर पश्चात उनिहरुलाई पक्राउ गरिएको जनाएको छ । यसबारे भोली बुधवारसम्म पुरा जानकारी आउन सक्ने प्रहरीको भनाई छ ।
