
पूणर्पुष्टि, मंसिर १२
लागु औषाध सहित एक जनालाई त्रियुगा नगरपालिका १३ जोगिपोखरी बाट प्रहरीले पक्राउ गरेको छ । तरकारी बजारको गस्तीटोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका ३ सप्तरी फत्तेपुर बस्ने १९ बर्षिय प्रदीप देउजा रहेको छ ।
प्रहरीले संका लागि उनलाई खानतलासी गर्ने क्रममा ३२ ट्याब्लेट नाईटोजेपाम फेला पारेपछि लागुऔषाध सहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी भिम बहादुर दाहालले बताउनुभयो ।
