Monday, July 6News That Matters

गाईघाटको दुवै सडक पेटिकामा फोहोर फाल्ने डस्पिन राखियो

पूर्णपुष्टि, पुष २१ । गाईघाट बजारलाई स्वच्छ र सफा राख्नका लागि त्रियुगा नगरपालिका, त्रियुगा उद्योग बाणिज्य संघ र स्थानीय व्यवसायी लागि परेको छ । अहिले बजारको मुख्य सडकहरुलाई सफा राख्न सडकको दुर्वै तर्फका पेटीकाहरुमा फोहर फाल्ने व्यवस्थीत डस्विन राख्ने काम भैरहेको छ ।

उक्त डस्वीन मानवीय छहल पहल र भिँडभाँडको दुष्टीले बजारको मुख्य सडक सेतो पुल देखी पुरानो गाईघाटको पिजी चोक सम्म राखिने त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले जनाए । बिहिबार नगर प्रमुख वसन्त बस्नेत र उपप्रमुख मशेश्वरी राई सहितको उपस्थितिमा डस्विन राख्ने काम सुभारम्व गरिएको थियो । उक्त डस्विन पहिलो पटक ७० ओटा निर्माण गरि राख्ने काम भएको र आवश्यक डस्विन निर्माण गर्दै गरेको रसाईलीले जनाए । रसाईलीको अनुसार सडकको दुवै पेटीकाहरुमा तल देखी माथी सम्म राख्न करिब २ सय भन्दा बढी डस्विन आवश्यक पर्न सक्ने जनाए ।

 

 

 

यता नगर प्रमुखले फोहोर राख्ने डस्विनले बजारको वातावरणलाई स्वच्छ बनाउने जनाए । उनले फोहरलाई डस्विन भित्र व्यवस्थीत बनाउनाले बजारमा दुर्गन्धित नपर्ने जनाए । डस्विन राख्ने कार्यक्रममा स्थानीय व्यवसायी, नगरपालिका, बाणिज्य संघ र संञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।