
पूर्णपुष्टि, भदौ ६
गाईघाटमा शनिवार भएको मोटरसाईकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी त्रियुगा नगरपालिका ३ का ३२ बर्षिय शान्ति राम राईको मृत्यु भएको हो । प्रदेश १–०५–००१ प ३७१४ नम्बरको राई सवार मोटरसाईकल गाईघाट स्थित त्रियुगा पुल नजिकै लच्काहाको पोलमा ठोक्किदा दुर्घटना हुन पुगेको थियो ।
दुर्घटनामा परी घाईते राईको उपचारका लागि जिल्ला हस्पिटल पुराए पनि साढे ६ बजे डाक्टरले मृत घोषणा गरेका थिए । घाईते राईलाई दुर्घटना स्थलबाट तत्कालै प्रहरी र स्थानीयको सहयोगमा हस्पिटल पुराइएको थियो । दुर्घटनाको कारण मादक पदार्थ सेवन गरी सवारी चलाएकाले नियन्त्रण बाहीर जाँदा घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
