Monday, July 13News That Matters

गाईघाटमा महिलाहरुलाई स्वास्थय सेवा सिविर

पूर्णपष्टि, मंसिर २८ गाईघाटमा महिलाहरुका लागि १ दिने बिषेश स्वास्थ्य सेवा सिविर संञ्चालन गरिएको छ । त्रियुुगा नगरपालिका ११ नं वडाले महिला स्वास्थ्य स्क्रिनिङ तथा स्तन क्यान्सर सचेतना शिविर गरेको हो । शिविरमा ब्लड सुुगर, रक्तचाप जाँचका साथै साधारण स्वस्थ्य सेवा, स्तन क्यान्सर र स्व परिक्षणबारे सचेतना जगाएको थियो ।ग्लोवल हेल्थ कमिटि र जेसिज उदयपुरको समन्वयबाट त्रियुुगा उच्च माविको प्राङ्गणमा भएको शिविरमा हजार बढि सर्बसाधारणले सेवा लिएका थिए । उक्त सिविरमा ११ नं वडाका महिलाहरुले सहभागी जनाए थिए । समस्याका समधान गर्ने उदेश्यले सिविरमा महिलाहरुले बाक्लो उपस्थिति जनाएका थिए । सिविरले महिलाहरुको समस्यालाई सहजीकरण गर्ने वडाअध्यक्ष सुमन्त कोईरालाले जनाए ।