Monday, July 6News That Matters

गाईघाटमा यौन व्यवसाय आरोपमा पक्राउ परेकी दुई साउनी सार्वजानिक, मुद्धा चलाउन ५ दिन म्याद थप

पूर्णपुष्टि, पुष २२
गाईघाटमा बुधबार पक्राउ परेकी होटल संञ्चालीकाहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजानिक गरेको छ । उनिहरुलाई पक्राउ परेको दुईदिन पछि प्रहरीले सार्वजानिक गरेको हो । तिव्र अनुसन्धान पश्चात ति महिलाहरुलाई सार्वजानिक गरिएको छ । प्रहरीका अनुसार उनिहरुलाई मुद्धा चलाउन ५ दिनको म्याद थपी अन्य अनुसन्धानहरु जारी राखिएको जनाईएको छ । प्रहरीले उनिहरुलाई वेश्यावृति संञ्चान गरी बस्दै आएको भन्दै पक्राउ गरेका थिए । पक्राउ परेका त्रियुगा नगरपालिका ९ बस्ने सर्मिला दनुवार र त्रियुगा नगरपालिका १ बस्ने देव कुमारी चौधरीलाई प्रहरीले सार्वजानिक गरेको हो । उनिहरुले निकिता नामक होटलबाट यौनधन्दा संञ्चालन गर्दै आएको खुलेको छ । त्रियुगा नगरपालिका ११ स्थित निकिता नामबाट संचालन गर्दै आएको होटलमा विभिन्न स्थानबाट महिलाहरू बोलाउने र बिभिन्न आर्थिक प्रलोभनमा पारी यौनधन्दा सञ्चालन गरेको उनिहरुलाई आरोप छ ।

प्रहरीले ति होटललाई पहिलेदेखीनै निगरानीमा राखेको जनाएको छ । बेश्यावृति गराउने गरेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले निरन्तर उक्त होटल निगरानीमा राखेको थियो । मिति २०७९।०९।२० गते जिल्ला प्रहरी कार्यालय उदयपुर र नगर प्रहरी कार्यालय त्रियुगाबाट खटेको बिषेश प्रहरी टोलीले होटलमा छापा मार्दा शंकास्पद मानिस सहित यौनजन्य कार्यमा प्रयोग गरिने अस्थाई साधन सहित नियन्त्रण ७ जनालाई नियन्त्रणमा लिइएको थियो । पक्राउ पछिको प्रारम्भिक अनुसन्धान पश्वात पिडितहरुको बयान समेत लिँदा होटल सञ्चालन गर्ने सर्मिला दनुवार र देव कुमारी चौधरीले यौनधन्दा संचालन गरेको प्रमाणित भएको प्रहरीको भनाई छ । उदयपुर जिल्ला अदालतबाट पिडितहरुको समेत बयान प्रमाणित गरे पश्वात निज होटल सञ्चालकहरुलाई सम्मानित उदयपुर जिल्ला अदालतबाट मानव बेचविखन मुद्दामा दिन ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको ।