
पूर्णपुष्टि, माघ १६
त्रियुगा नगरपालिका ११ असारी रोड पुरानो तरकारी बजार छेउको एक भाडा पसलमा लागुऔषाध ब्राउन सुगर फेला परेको छ । असारी रोडको पुराना काठमाण्डौ भेराईटी मम पसल छेउको घरमा रहेको भाडा पसलबाट लागुऔषाध ब्राउन सुगर सहित भाडा पसल संचालकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ का २९ बर्षिय बिजय शाह रहेको खुलेको छ ।लागुऔषाध ब्राउन सुगर बिक्रि वितरण गर्ने क्रममा उनलाई प्रहरीले छापामारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उनि सँग अरु पनि व्यक्तिहरु संलग्न रहेको हुन सक्ने भएको भन्दै प्रहरीले पक्राउ परेका शाहलाई थप अनुसन्धान सुरु गरेको छ । शाहालाई थप अनुसन्धान गरी अरु पनि फेला परे पक्राउ गरी आवश्यक कार्वाही गर्ने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

