
पूर्णपुष्टि, जेष्ठ ५
गाईघाटमा आज भएको सवारी दुर्घटनामा घाईते भएका मानवहादुर बिकलाई घोपा लगिएको छ । हस्पिटलको पुर्जा बोकेर सवार गरिरहेको त्रिनपा १३ निवासी विकलाई पछाडीबाट प्रदेश नं ३ ०२००१ प ५०९१ नं को मोटरसाईकलले ठक्कर दिएर घाईते बनाएका थिए । घाईते विकको टाउकोमा चोट लाग्नु साथै दाहिने कानको छाला गएको छ ।
ठक्कर दिने मोटरसाईकल चालक रामेछाप जिल्ला लिकु तामाकोशी गाउँपालिकाका ३५ बर्षिय थलिन्द्र बहादुर भुजेललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
