
पूर्णपुष्टि, जेठ २७ गते ।
रुपन्देहीको एक गाई फर्मका ५ जनाको हत्या भएको छ । तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकैको गाई फर्ममा काम गर्ने ५ जनाको हत्या भएको हो ।
कान्छीबजार नजिकै रहेको कृष्ण पुनको गाई फार्ममा काम गर्ने ६ जना मध्ये ५ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
घटनापछि फार्ममा काम गर्ने झपेन्द्र सिंजाली फरार भएका छन् । घटनास्थलमा प्रहरी टोली पुगेको र थप अनुसन्धान भैरहेको जिप्रका रुपन्देहीले जनाएको छ ।
