Thursday, May 7News That Matters

गाउँपालिका अध्यक्षले वडाध्यक्ष माथी मुक्का प्रहार

पूर्णपुष्टि, जेठ १० गते । 

रोल्पाको एक गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई कुटपिट गरेको छ । सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले ४ न. वडाका वडाध्यक्ष गञ्ज क्षेत्रीलाई कुटपिट गरेको हो ।

शुक्रबार बसेको कार्यपालिकाको बैठकमै घर्तीले क्षेत्रीलाई कुटपिट गरेको पीडितले बताएका छन् । कोरोना भाइरसको जोखिम कम गर्न ४ नं वडाको सुलिचौर बजारमा रहेका बैंकलाई हप्तामा ३ दिन खोल्ने निर्णयको विषयमा कार्यपालिकामा बहस भइरहेको समयमा अध्यक्ष घर्तीले आफूमाथि एक्कासी हातपात गरेको वडाध्यक्षले आरोप लगाएको छ ।

वडाध्यक्ष क्षेत्रीले आफूलाई कुटपिट गरी घाइते बनाएको भन्दै अध्यक्षमाथि कारबाहीका लागि इलाका प्रहरी कार्यालय सुलिचौरमा उजुरी समेत दिएको छ ।

गाउँपालिका अध्यक्ष घर्ती तत्कालीन माओवादी केन्द्रबाट तथा वडाध्यक्ष क्षेत्री नेपाली कांग्रेसबाट निर्वा्चित भएका हुन् ।