Saturday, June 20News That Matters

गाडीबाट हामफाल्दा विराटनगरमा एक जनाको ज्यान गयो

पूर्णपुष्टि, साउन २९

विराटनगरमा गाडीबाट हामफाल्दा एक जना युवकको बिहिबार ज्यान गएको छ । भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ का २२ वर्षीय युवराज खतिवडाको गाडीबाट हामफाल्दा ज्यान गएको हो ।

कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ मा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २ च २७४२ नम्बरको बलेरोमा खतिवडा सवार थिए । गाडीमा सवार रहेका बेला हामफालेर ओर्लन खोज्दा उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  खतिवडाको उपचारको क्रममा विराटनगर नोबेल शिक्षण अस्पतालमा राति ८.२० बजेको समयमा ज्यान गएको अस्पतालले जनाएको छ । गाडी र चालक भोजपुरको पौवादुम्बा गाउँपालिका–२ का २५ वर्षीय कृष्ण कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ । लापरबाहीपूर्ण तरिकाले गाडीबाट झर्ने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ ।