Wednesday, May 6News That Matters

गैरकानुनी रुपमा बाँध विस्तार

भदौ ५ गते ।

नेपाल–भारत सिमाना रौतहटको इशनाथमा भारतले गैरकानुनी रुपमा बाँध विस्तार गरेको छ । ईशनाथ नगरपालिकाको औरैयामा बाँध विस्तार गरेको हो ।

गैरकानुनी रुपमा भारतले निर्माण गरेको बाधले बाढीको पिडा भुल्न नपाउँदै भारतीय पक्षले मर्मतको बाहनामा बाँध विस्तार गरेपछि स्थानीय त्रसित बनेका छन् ।

वर्षापछि आएको बाढीले बाँध कमजोर बनाएको भन्दै मर्मत गर्ने बाहनामा भारतले बाँध विस्तार गरेको हो । औरैयामा रहेको जङ्गे पिलर ३४७ देखि बलुवा हुँदै बन्जरहासम्म गैर कानूनी रुपमा भारतीय पक्षले बाँध विस्तार गरेको स्थानियले बताएका छन् ।

१९ सय मिटर लम्बाई भएको सिमा क्षेत्रमा निर्माण गरिएको बाधमा भारतले सिमेन्टका बोरामा माटो, ढुङ्गा भरेर दुवै तर्फ जगको चौडाइ बढाउने काम गरेको स्थानियबासीले बताएका छन् । बाँधमा पानीको निबास समेत नरहेको स्थानीयले बताएका छन् ।

सीमाक्षेत्रमा भारतीय पक्षले बाँध मर्मतको नाममा काम गर्न थालेको सूचना पाएपछि नेपाली पक्षले सो काम रोक्न लगाएको छ ।

सिमा क्षेत्रमा कुनै पनि देशले यस्ता खालको गतिविधि गर्नु भनेको अत्याचार गर्नु हो । भारतीय बाँधले वर्षेनी नेपालीहरु डुबानमा पर्ने गरेका छन् ।