
पूर्णपुष्टि, साउन १९
गोरु काटेको अभियोगमा कास्कीबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । माछापुच्छ्रे गाउँपालिका–२ मा गोरु काटेको अभियोगमा सोही स्थानका जीतबहादुर तमाङ, कुलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण तामाङ र सुकमाला तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
गोरु काटेको प्राप्त सूचनाका आधारमा ६ जनालाई पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । उनका अनुसार पशुपक्षीसम्बन्धी कसुर गरेको आरोपमा निजहरुलाई जिल्ला अदालतबाट नौ दिने म्याद लिइ अनुसन्धान थालिएको छ ।
