Monday, June 22News That Matters

गोली लागेर एक जनाको ज्यान गयो

पूर्णपुष्टि, चैत १८ 

बैतडीमा गोली लागेर गम्भीर घाइते भएका एक जना यवकको आज ज्यान गएको छ । मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्दको ज्यान गएको हो ।

गोली लागेर घाइते भएका चन्दको जिल्लामा उपचार हुन नसक्दा काठमाडौँ रेफर गरिएको थियो । काठमाडौँमा पनि उपचार हुन नसक्ने भन्दै घर लैजान भनिएपछि अत्तरिया पुग्दा चन्दको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । चैत १४ गते घरमै रहेका बेला आफैँले बन्दुक चलाउँदा  घाँटीमा गोली लागेर चन्द गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार चन्दको घरबाट बन्दुक बरामद गरिएको छ । उनले किन बन्दुक चलाए भन्नेबारे खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।