
भदौ २८ गते ।
सर्लाहीमा अपरिचित व्यक्तिले हानेको गोली लागी एक जना प्यापारी घाइते भएको छ । गतराती घरबात बयलवास बजार जाने क्रममा बाटोमा गोली लागेको प्रहरीले जनाएको छ ।
ईश्वरपुर नगरपालिका–११ निबासी राजेश साहको उपचार नेसनल मेडिकल कलेज वीरगञ्जमा भईरहेको प्रहरीले जनाएको छ ।
अपरिचित व्यक्तिले हानेको गोली शाहको पेटमा लागेको प्रहरीले जनाएको छ । गोली हानेको आरोपमा एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
