Friday, May 22News That Matters

गोली हानेर १ जनाको हत्या

पूर्णपुष्टि, भदौ ४

रौतहटको माधवनारायणमा गोली हानेर एक जनाको हत्या गरिएको छ । माधवनारायण नगरपालिका–२ खेसरहियामा हनुमान मन्दिरका पुजारी ६५ वर्षका श्रीराम साहको हत्या भएको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी खाना खाइरहेको बेला नचिनेको मान्छेको समूहले कन्चटमा गोली हानेर पुजारीको हत्या गरेको इलाका प्रहरी कार्यालयले जनाएको  छ ।

घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।