Wednesday, June 24News That Matters

ग्यास लिक भएर रेष्टुरेन्टमा आग्जनी, १० लाख बढीको क्षति

पूर्णपुष्टि, चैत १७

बागलुङको मुख्य बजारमा अवस्थीत एक रेष्टुरेन्टमा आग्जनी हुँदा १० लाख भन्दा बढी क्षति भएको छ । बागलुङ नगरपालिका–२ लोकतान्त्रिक चोकको नजिकै रहेको ग्रील एण्ड चिलमा आज दिउँसो अचानक आग्जनी भएको हो ।

किचनमा ग्यास लिक भइ आग्जनी भएको अनुमान गरिएको छ । आग्जनीबाट किचन पूर्ण रुपमा क्षति भएको छ भने नगद र जिन्सीसमेत गरी १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

रेष्टुरेन्टमा लागेको आगो केहीबेरमै बागलुङ नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।