
पूणर्पुष्टि, जेष्ठ, २८
धनुषामा एक युवाको गोली हानि हत्या गरेको छ । मध्यराति घरमै रहेको युवालाई घर बाहिर बोलाई २ सय मिटर पर लगेर कन्चटमा गोली हानी हत्या गरिएको हो ।
प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार सबैला नगरपालिका-७ स्थित २५ बर्षिय अरुण मण्डलको हत्या भएको जनाएका छन् ।
व्यक्तिगत रिसिबिको कारण घट्ना घटेको अनुसध्धानमा रहेका एक व्यक्तिले जनाएका छन् । ‘घर छेउमा पोखरीको डिलमा लगेर गोली हानेको अनुसन्धानमा देखिएको छ । घटना सम्बन्धि जिल्ला प्रहरी कार्यलय धनुषाले थप अनुसन्धान गरिरहेका छन् ।
हत्यारा पक्ता नलागेका कारण हत्याको कारण भने खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ ।
