Sunday, June 28News That Matters

घरमा आगलागी हुँदा एक वृद्धको ज्यान गयो

पूर्णपुष्टि,चैत ४

आज बिहान एक घरमा आगलागी हुँदा ललितपुरका एक महिलाको ज्यान गएको छ । ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको जलेर ज्यान गएको हो ।

आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको  प्रहरीले जनाएको छ ।

आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी रु एक लाख मूल्य बराबरको धनमाल नष्ट भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।