
पूर्णपुष्टि, भदौ २०
झापामा धारीलो हतियारले घाँटी रेटेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेको छ । शिवसताक्षी नगरपालिका–११ बस्ने २९ वर्षीय गोमनसिंह मगरको हत्या गरेको आरोपमा शिवसताक्ष नपा–८ निबासी ३२ वर्षीय मनकुमार लिम्बु पक्राउ परेको हो ।
यहित भदौ १७ विहा करिब १० बजे शिवसताक्षी नगरपालिका–११ स्थित सताक्षी धाम जाने भित्री सडक खण्डको किनारमा मगरको लास घाटी काटिएको अवस्थामा रहेको जानकारी पाउनासाथ तत्काल ईप्रका झिलझिबाट खटेका प्रहरी टोलीले घटनास्थल सुरक्षित राखी १ नं. प्रदेश प्रहरी कार्यालयबाट क्षेत्रीय अनुसन्धान समुह (आरआईटी) को टोली, जिल्ला प्रहरी कार्यालय झापाको टोलीसमेत अनुसन्धानमा खटिएको थियो ।
प्रारम्भिक अनुसन्धानपछि अभियुक्तको खोजीको लागी संघीय प्रहरी ईकाई कार्यालय धरानबाट डग शाखाको केनाईन टोली समेत घटनास्थलमा झिकाई अभियुक्तको खोजतलास गरिएको थियो । अनुसन्धानको क्रममा मगर १६ गते साँझको करिब ६ः३० बजे घरबाट साथीलाई भेट्न जान्छु भनी निस्केको र सम्पर्क विहिन भएको खुल्न आएको थियो । घटनाको सुक्ष्म तरिकाले निरन्तर रुपमा अनुसन्धान गर्दै जादा लिम्बु लाई हिजो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
लिम्बुले मगरलाई १६ गते साँझ करिब ६ः३० बजे भेट्न बोलाई भेटेपछि मगरलाई फ्रेस हुन सताक्षी धाम मन्दिर जाउँ भनीि मगरले चलाएको मोटरसाईल प्रदेश ०१–०१०१२ प ५२२५ नम्बरको मोटरसाईकलको पछाडी बसी मोटरसाईकल चलाईरहेकै अवस्थामा पछाडीबाट लुकाई बोकेको धारिलो हतियारले मगरको घाटीमा रेटी काटेको बयान दिएको प्रहरीले जनाएको छ ।
लिम्बुले मगरको मोटरसाईकल घटना स्थलदेखि केही पर सडकदेखि पुर्वपट्टी जंगलमा लगेर लडाईदिएको र सडकमा लडेको मगरको शवलाई नालीमा फालेको बयान दिएको प्रहरीले जनाएको छ । लिम्बुले हत्यामा प्रयोग गरेको चक्कु र मोवाईल झिलझिलेको खोलामा फालेको भनी बताएपछि प्रहरी, स्थानीय जन प्रतिनिधी र स्थानीयको सहयोगमा खोलामा खोजतलास गर्दा मृतकले बोकेको आईफोन मोबाईल, धारिलो हतियार चक्कु र लिम्बुको मोबाईल फेला पारेको प्रहरीले जनाएको छ ।
घटनाको कारण आर्थिक लेनदेन कारोबारमा असमझदारी भई मनमुटाब भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धानका लागी पक्राउ परेका अभियुक्त लिम्बुलाई भोली जिल्ला अदालत झापाबाट म्याद थप गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
