Tuesday, June 9News That Matters

घाँस काट्न गएका युवराजको लडेर ज्यान गयो

पूर्णपुष्टि, बैशाख २९

ओखलढुङगा मोलुङ गाऊपालिका ५ लिस्पु का ६५ बर्षीय युवराज नेपालको घाँस काट्न गएको अवस्थामा लडेर मृत्यु भएको छ ।

मंगलबार बिहान ६ बजे उनि घरबाट गढी जंगलमा घास काट्न गएकोमा अबेर  सम्म पनि घर फर्कि नआए पछी परिवारले खोजतालस गर्दै जाँदा बाटो देखी अन्दाजी २५ मिटर तर लडी घाईते अबस्थामा फेला नेपालको उपचारका लागि लैजाँदै तयारीमै दिनको ३ बजे मृत्यु भएको हो ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोलीबाट बुझ्ने कार्य भईरहेको छ ।

पानी खान जाँदा लडेर बृद्धको मृत्यु

ईलाम नगरपालिका ११ बस्ने ८० बर्षीय बृद्ध गन्जमान खातीको पानी खान जाने क्रममा लडेर मृत्यु भएको छ । मंगलबार दिनको २ बजे उनि घर नजिकै रहेको पानीको मुहानमा पानी खान जाने क्रममा लडेर मृत्यु भएको जानकारी प्रहरीलाई गराउन साथ प्रहरी टोली खटि गई अनुसन्धान भईरहेको छ ।