
पूर्णपुष्टि, फागुन २७
डेढ लाख घुससहित आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत एक जना विचौलियासँगै पक्राउ परेका छन् ।
कर अधिकृत रमेश ढकाल र विचौलिया नवीन कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिवासले जनाएको छ ।
स्थानीय अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गर्दा बुधबार साँझ दुबै जना पक्राउ परेको पक्राउ गरेको आयोगले जनाएको छ ।
दुवै जनाले एक जना डिष्टिलरी उद्योगीसँग कर वापतको रकम मिलाइदिने नाममा घुस लिएको आयोगले जनाएको छ । पक्राउ परेका दुबै जनाबिमाथी थप अनुसन्धान भइरहेको जनाएको छ ।
