Monday, April 20News That Matters

घुस सहित वडाअध्यक्ष पक्राउ

पूणर्पुष्टि, जेष्ठ, २४

३ लाख घुस सहित एक वडा अध्यक्ष पक्राउ परेहका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालकिा वडा नम्बर ७ का वडाध्यक्ष देवेन्द्र पुन शनबिार बहिान ३ लाख घुस सँगै पक्राउ परेको हो ।

कार्यालयका सूचना अधिकृत सुरेश भुसालले सैनामैना-१० झिमझिमेमा उपभोक्ताबाट रकम लिँदै गर्दा उनलाई पक्राउ गरेको बताए ।

अख्तियार अनुसन्धान आयोग बुटवल कार्यालयले काठ लिलामीमा सहजीकरण गरिदिने भन्दै उपभोक्ताबाट रकम लिँदै गर्दा उनलाई घूससहित पक्राउ गरेको हो ।

अभियुक्त पुनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएर बुटवल कार्यालयमा ल्याइएको जनाएको छ ।