Saturday, June 20News That Matters

चक्लेट दिएर बालिका बलत्कार गरेको आरोपमा ६१ बर्षिय पुरुष पक्राउ

पूर्णपुष्टि, असार २९

पाँच बर्षिय बालिकालाई चक्लेट दिएर ललाईफकाई गरी बलत्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ की ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ६१ बर्षिय जगदीश जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

ती पुरूषले गत असार १८ गते बालिकालाई मिठाइ दिने भन्दै फकाएर आफ्नो कोठामा लगेर बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ ।

आइतबार पीडित बालिकाका परिवारले जोशीविरूद्ध जाहेरी दर्ता गरेपछि सोही दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए ।