
उदयपुर, जेठ २ गते ।
उदयपुरको कटारी नगरपालिका–३ राजावास निबासी ६१ बर्षीय लिलबहादुर सुनुवारको चट्याङले लागेर मृत्यु भएको छ ।
बिहिवार दिउँसो तावा खोलामा गाईवस्तु चराउने क्रममा करिब दिउँसो ४ बजे अबिरल पानीसंगै परेको चट्याङ लागेर सुनसवारको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
