Thursday, May 28News That Matters

चट्याङ लागेर १ महिला घाइते

पूर्णपुष्टि, बैशाख ९ गते ।

गतराती परेको चट्याङ लागेर एक महिला घाईते भएकी छिन् । त्रियुगा नगरपालिका–५ दमौटी निबासी २७ वर्षीय सुस्मा मगर चट्या लागेर घाईते भएकी हुन् ।

राती करिब ११ः५५ बजे परेको चट्याङ लागेर घाईते भएकी मगरलाई उपचारको लागी जिल्ला अस्पताल उदयपुर लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।