
पूर्णपुष्टि, भदौ ७
अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । कमलबजार नगरपालिका–१ मुलिमा चट्याङ लागेर चार जना घाइते भएका हुन् ।
स्थानीय ३५ वर्षीय पूर्णबहादुर भण्डारी, उनकी श्रीमती ३३ वर्षीया मोतीकला भण्डारी, १८ वर्षीया तुल्क्षा बजगाईं र १५ वर्षीया डिग्रा बजगाईं घाईते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । चट्याङ लागेर पूर्णबहादुर भण्डारीका दुई वटा भैँसी र जक्तीराम बजगाईंका दुई वटा बाख्रा मरेको प्रहरीले जनाएको छ । चट्याङले पूर्णबहादुर भण्डारीको घरमा समेत क्षेति भएको प्रहरीले जनाएको छ ।
