
पूर्णपुष्टि, भदौ ११
अछाममा चट्याङ लागेर सात जना घाइते भएका छन् । चट्याङ लागेर साँफेबगर नगरपालिका–१३ का सात जना घाइते भएका हुन् ।
हिजो साँझ करिब ६ बजे परेको चट्याङ लागेर घाईते भएकाहरुलाई उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याइएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेका मध्ये १८ वर्षीय सौभाग्य जोशी, २१ वर्षीय होमराज जोशी, १३ वर्षीय गोकुलप्रसाद जोशी बेहोस भएकाले अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै ३४ वर्षीया भुवनेश्वरी जोशी, १८ वर्षीय तिलकराज जोशी, २१ वर्षीया जयन्ती जोशी र १८ वर्षीया देवश्वरी जोशीको चट्याङले हात खुट्टा पोलेको प्रहरीले जनाएको छ ।
बाब्लाको बाहुन टोलमा बिजुलीको पोलमा चट्याङ् पर्दा स्थानीय चार घरपरिवारका सात जना घाइते भएको प्रहरीले जनाएको छ ।
