Saturday, April 25News That Matters

चलचित्र बोर्ड अध्यक्षको लागि भुवन केसि सहित ३ जनाको नाम सिफारीस

पूणर्पुष्टि, जेष्ठ, २१

चलचित्र बोर्डका तत्कालीन अध्यक्ष केशब भट्राइको निधन भएपछि बोर्डमा अध्यक्षको पद रिक्त छ ।

भट्राईको मंसिर २९ गते निधन भए पश्चात अध्यक्ष पद खालि छ । अध्यक्ष विहिन बोर्डलाई प्रक्रियागत हिसावले संञ्चालनका लागि बोर्डले यसको प्रक्रिया अघि सारेको छ ।

पून ः बोर्ड सञ्चलनका निम्ति अध्यक्ष पदमा ३ जनाको नाम सिफारिस भएको छ । १० जनाको आवेदन रहेका मध्ये बाट नायक भुवन केसि सहित निर्देशक दयाराम दाहाल र संस्कृतिकर्मी राजेश थापाको नाम सिफारिस भएर आएको संञ्चार सूचना तथा  प्रवित्रि मन्त्रालयले जनाएको छ ।

१० जनाको आवेदन परेपछि सूचना प्रविधि मन्त्रालयकी सह-सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । समितिले तीन चलचित्रकर्मीको नाम सिफारिस गरेर पठाएको छ । अब बस्ने मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष चयन गर्नेछ ।  समितिले सिफारिस गरेका तीन जना व्यक्तिहरु नै बोर्ड अध्यक्षका लागि बलियो प्रतिस्पर्धी मानिएका छन् ।