Friday, August 7News That Matters

चार दिन नेपाल भ्रमण सकेर चिनियाँ टोली फर्कियो

पूर्णपुष्टि,पुष १५

नेपाल भ्रमणका लागि आएका चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल चार दिनपछि स्वदेश फर्केका छन् । भ्रमण सकेर विदेश विभागका उपमन्त्री गुओ येझाउ बुधबार बिहान स्वदेश फर्किएको हो ।

उक्त टोलीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, काँग्रेस सभापति शेरबहादुर देउवा, जसपाका नेता डा. बाबुराम भट्टराईलगायतसँग भेटवार्ता गरेको थियो ।