Saturday, May 16News That Matters

चितवनको २ स्थानमा बीओपी स्थापना

पूर्णपुष्टि, असोज १२

चितवनमा एकैदिन सशस्त्र प्रहरी बलको दुई वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ ।
चितवनको माडि नगरपालिका–१ गर्दिस्थित केदारेश्वर प्रावि र सोहि नगरपालिका–९ स्थित राईडाँडा प्राथमिक विद्यालयमा बीओपी स्थापना गरिएका हुन् ।

मर्ज भएपछि खालि रहेका विद्यालयमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल १७ नम्बर गण चितवनले जनाएको छ ।
असोज ११ गते सशस्त्र प्रहरी बल बागमती प्रदेश मुख्यालय नम्बर ३ गढिमाइ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले बीओपी उदघाटन गरेका हुन् । दुवै बीओपीमा  सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली तैनाथ गरिएको छ ।

बीओपी स्थापनासँगै चितवनको सीमा क्षेत्रमा स्थानीयले सुरक्षित महसुस गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।