Wednesday, May 20News That Matters

चिनमा १७ सय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

फागुन २ गते । 

माहमारीको रुपमा फैलिएको कोरोना भाईरसबाट (कोभिड–१९)बाट चिनमा एक हजार सात सय १६ स्वास्थ्यकर्मी संक्रमित भइसकेको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले जनाएको छ ।

कोभिड–१९ को संक्रमण पुष्टि भएका कुल बिरामीको ३.८ प्रतिशत हो । संक्रमित स्वास्थ्यकर्मी मध्ये छ जनाको उपचारका क्रममा ज्यान गइसकेको एनएचसीले जनाएको छ ।

हुवेई प्रान्तको राजधानी वुहान सहरमा पहिलो पटक कोरोना भाईरसको पहिचान भएको थियो ।