Friday, May 22News That Matters

चीनद्धारा कोरोनाविरुद्धका खोपको तेस्रो चरणको परीक्षण सुरु

पूर्णपुष्टि, साउन २७

चीनको सरकारी कम्पनी साइनोफार्मले कोरोना भाइरस विरुद्ध तयार गर्दै गरेको खोपको तेस्रो चरणको परीक्षण सुरु गरेको छ । बहइनको एउटा टापुका मानिसमा  तेस्रो चरणको खोप परीक्षण सुरु गरेको हो ।

कम्पनीले यो भन्दा पहिला जुलाई महिनामा यूएईको राजधानी आबुधाबीमा खोपको मानव परीक्षण सुरु गरेको थियो ।

यो खोप चीनको सरकारी कम्पनी साइनोफार्म, चाइना बायोटेक्नोलोजी र आबुधाबीलगायतका कम्पनी मिलेर बनाइरहेका छन् । मानव परीक्षण सफल भए खोप सुरक्षित भएको मानिन्छ ।

एक दीपको मानिसमा परीक्षण गरेपछि फेरि धेरैमा मानिसमा प्रयोग गर्ने जनाईएको छ । त्यस्तै टर्कीले पनि अमेरिका र चीनपछि खोप बनाउनेमा आफ्नो देश तेस्रो हुने दाबी गरेको छ ।