Sunday, June 28News That Matters

चीनबाट २० टन युरिया मल आयात

पूर्णपुष्टि, फागुन २४

चीनबाट पहिलो पटक युरिया मल आयात भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले पहिलो पटक चीनबाट २० टन युरिया मल तातोपानी नाका हुँदै नेपाल भित्रिएको हो ।

दुई कन्टेनरबाट ४ सय बोरा अर्थात् २० टन युरिया मल भन्सार यार्डमा भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

सरकारको अनुमतिमा चीनबाट चार हजार मेट्रिकटन युरिया मल खरीद गर्न ११ नोभेम्बर २०२० मा बोलपत्र आह्वान गरिएकामा ४ सय बोरा आयात गरिएको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ ।

एक हजार २ सय मेट्रिकटन काभ्रेको बनेपा, दुई हजार मेट्रिकटन काठमाण्डौ, ८ सय मेट्रिकटन नुवाकोट जिल्लाबाट पहाडी जिल्लामा वितरण गरिने जनाएको छ ।