Sunday, May 17News That Matters

चीनमा बिबिसी प्रशारण बन्द

पूर्णपुष्टि, माघ ३०

बेलायती वल्र्ड न्युज बिबिसी प्रशारणलाई चीनले आफ्नो देशमा प्रतबन्ध लगाएको छ ।   चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै बिबिसी वर्ल्ड न्युजले समाचार प्रसारण गर्दा सत्यता र निष्पक्षताको मापदण्ड पूरा नगरेको र चीनको राष्ट्रिय स्वार्थ र जातीय एकतामा खलल पु¥याउने सामग्री प्रसारण गरेकाले प्रतिबन्ध लगाइएको बताएको छ ।

’उक्त च्यानलले चीनमा विदेशी मिडियाले पालना गर्नुपर्ने नियम पालना नगरेकाले बिबिसी वर्ल्ड न्युजको प्रसारणलाई चिनियाँ भू(भागमा निरन्तरता दिन नसकिने भन्दै बिज्ञाप्ती लेखिएको छ । बिबिसीले अर्को वर्ष प्रसारण अनुमतिका लागि दिने निवेदन पनि स्वीकार नगर्ने बताएको चिनियाँ रेडियो तथा टेलिभिजन प्रशासनको विज्ञप्तिमा उल्लेख छ ।

केही हप्ताअघि चीन सरकारले कोभिड(१९, वुइघुर मुस्लिमको बाहुल्यता रहेको पश्चिमी सिन्जियाङ प्रान्तमा  प्रणालीगत बलात्कार, यौन  र श्रम शोषण भइरहेको भन्दै बिबिसीले प्रसारण गरेका रिपोर्टको आलोचना गरेका थिए ।

बिबिसी चिनियाँ अधिकारीहरूको लिएको  यस्तो निर्णयले दुःखित बनाएको उल्लेख गर्दै बिबिसीले कसैको डर र लोभमा नपरी संसारभरिबाट निष्पक्ष समाचार संकलन र प्रसारण गरिरहेको बताएको छ।